समता घरेलु लघुवित्तको कार्यालय मंगलबार बन्द, बिहीबारबाट एकीकृत कारोबार

काठमाडौं : घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्तलाई गाभेपछि समता घरेलु लघुवित्तको एकीकृत कारोबार बिहीबारबाट सुरु हुनेभएको छ । राष्ट्र बैंकले दुवै संस्थालाई गाभिन गत १० गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि १९ गते स्वीकृति दिएको थियो ।
बैशाख २ गतेबाट एकीकृत कारोबार हुने भएकाले चैत ३१ गतेका दिन मंगलबार तथ्यांक प्रबिष्टीका लागि दुवै संस्था बन्द हुने छन्। गत असार १ गते मर्जरका लागि सहमति भएको थियो ।
केन्द्रीय कार्यालय बनेपा रहने छ । समताको १०० बराबर घरेलुको ८० कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात मिलाइएको छ । मर्जरपछि चुक्ता पुँजी २६ करोड १४ लाख रुपैयाँ हुनेछ ।
समताले २४ वटा शाखा कार्यालयमार्फत करिब ३७ हजार ग्राहक सदस्यहरूलाई सेवा दिइरहेको छ । कुल लगानी १ अर्ब ६६ करोड रुपैयाँ छ। निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैयाँ छ ।

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया