२४ घण्टामा ८५३ जना संक्रमणमुक्त

काठमाडौँ : पछिल्लो २४ घण्टामा ८५३ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै एक लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मंगलबार दुई हजार ७३६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा २२ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ४८ पुगेको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या एक हजार ५८ रहेको मन्त्रायले जनाएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया