प्रदेश २ मा माओवादी केन्द्रका ४ सांसदलाई बर्खास्त गर्न सिफारिस

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चारजना प्रदेश सभा सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ । माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा एमालेतिर लागेपछि उनीहरूले दल त्याग गरेको सूचना प्रदेश सभा सचिवालयमा पठाएको छ ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गर्न सिफारिस गरिएको हो । बर्खास्त सिफारिसको पत्र प्रदेश सभा सचिवालयमा आइतबार नै माओवादी केन्द्रले बुझाएको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले पार्टी पुरानै नाममा फर्केपछि चारजना प्रदेश सांसद एमालेमा गएकोले उनीहरूलाई स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नदिएपछि ससद् सचिवालयमा सिफारिस गरिएको बताए । 'उहाहरूलाई पार्टीमा फर्किन आग्रह गर्दा नमानेपछि २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थियौं,' उनले भने, 'कुनै जवाफ नदिएपछि बाध्य भएर यस्तो कमद चाल्नु परेको हो ।' प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जनाको सांसद पद गुमेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
बर्खास्तमा परेका मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेता थिए । एमाले र माओवादी केन्द्र एकीकृत भई गठित नेकपामा ओली समूहका सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरिएको थियो । अहिले एमालेमा सत्यनारायण मण्डललाई हटाएर नेपाल समूहका शत्रुध्न महतोलाई दलको नेतामा चयन गरिएको हो ।
यता बर्खास्तीको सिफारिस भएकी ज्वाला कुरमारी साह र रामचन्द्र मण्डलले पार्टीले गरेको कारवाही भोग्न आफूहरू तयार रहेको बताए । उनीहरूले आफू विचार र पार्टीको निर्माणमा लागेको कारणले स्पष्टीकरण समेत नदिएको र माओवादीले गर्ने कारबाही भोग्ने बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया