६ महिनापछि प्रदेश सभा बैठक, सत्तारुढ दल नेताविहीन

जनकपुरधाम : करिब ६ महिनापछि प्रदेश २ प्रदेश सभाको बैठक बस्दै छ । अधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । प्रदेश सभाको पाँचौं अधिवेशन सुरु हुन लाग्दा सत्तारुढ दल भने नेताविहीन हुने अवस्था पुगेको छ । आन्तरिक किचिलो र प्रतिनिधि सभा विघटनको कारण प्रदेश २ प्रदेश सभाको पाँचौ अधिवेशन बस्न सकेको थिएन ।
अधिवेशनको पहिलो दिन बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख सरोजकुमार पढेर सुनाउने, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक बारे जानकारी गराइने र सांसदहरूले आ-आफ्ना भनाइ राख्ने कार्यसूची छ ।
प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी पहिलो पटक प्रदेश सभामा नेताविना नै उपस्थित हुन लागेको छ । प्रत्येक दलबाट नेताहरूले धन्यवाद ज्ञापन गर्ने कार्यसूचीमा सत्ताधारी दलबाट कसले धन्यावद ज्ञापन गर्ने भन्ने समेत अन्यौल छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भई जनता समाजवादी पार्टी गठन भएको एक वर्ष बित्न लाग्दा पनि पार्टीको आन्तरिक किचिलोको कारण दलको नेता चयन गर्न सकेको छैन ।
जसपाभित्र दलको नेतामा देखिएको विवादका कारण सपाबाट मुख्यमन्त्रीको हैसियतमा लालबाबु राउतले आफ्नो धारणा राख्ने बुझिएको छ । संसदीय दलको समायोजनाका लागि निर्वाचन आयोगदेखि प्रदेश सभा समेतले ताकेता गर्दा समेत दलको नेता चयन हुन सकेको छैन । जसपाकै प्रदेश सभा सदस्यहरूले समेत संसदीय दलको समायोजन र नेता चयन गर्न चासो नदेखाएको प्रति असंतुष्टि जनाउँदै आएका छन् ।
संसदीय दल समायोजन भए नेता चयनको प्रक्रिया सुरु गरिने र नेता चयनमा अल्पमतमा पर्ने सम्भावना देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले नेता चयनको लागि चासो नदेखाएको आरोप लाग्दै आएको छ । दलको नेता चयन गर्ने जिम्मेवारी दुवै दलका नेतालाई दिएका छन्। तर उनीहरूले आ-आफ्नो मन्त्री पद गुम्ने सम्भावना देखेर चासो नदेखाएको एक सांसदले बताए।
जसपाका नेता एवं प्रदेश सभा सदस्य मनिषकुमार सुमनले संसदीय दलको विधान निर्माण गरेर समेत पार्टीलाई बुझाइएको र पार्टीका केही नेताहरूले नै समायोजना गर्न नचाहेको बताए । उनले अहिलेसम्म समायोजना नगरिनु दुखद भएको बताए । राजपा र समाजवादी पार्टीको एकता भएर जनता समाजवादी पार्टी भए पनि प्रदेशसभामा पुरानै दुई पार्टी दर्ता छन्।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया