प्राज्ञिक विद्यार्थी परिषद्ले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ- प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरूमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हो । परिषद्को सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९ मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्ष मात्रै नभएर विगत २७ वर्षदेखि नै परिषद्ले विद्यार्थीलक्षित शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको जानकारी दिए ।
उनले निःस्वार्थ रूपले विद्यार्थीहरूलाई सहयोग गर्ने परिषद्को मुख्य उद्देश्य रहेको भन्दै भूकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको बताए ।

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया