अवैध रुपले बालुवा, गिट्टी उत्खनन् गर्ने ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषा प्रहरीले अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरेको आरोपमा ६ वटा सवारी साधनहरूलाईे नियन्त्रणमा लिएको छ ।
जिल्लाको चिसापानी प्रहरी चौकीबाट खटेको टोलीले गणेशमान चारनाथ नगरपालिका–५ कमला खोलाबाट सवारी साधनहरू नियन्त्रणमा लिइएको कुराजिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मापदण्ड विपरीत अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरिरहेको अवस्थामा ज १ त ८५०५, स १ त ७६३७, प्रदेश २–०२–००१ त १५३६, प्रदेश २–०२–००३ त ४४४१, प्रदेश २–०३–००१ त १३५६ र प्रदेश २–०१–००१ त ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि गणेशमान चारनाथ नगरपालिकाको कार्यालयमा पठाई जनही ५ हजारका दरले जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया