यस्तो छ माओवादीको सम्भावित पदाधिकारी सूची
गुरुङको महासचिवमा इन्ट्री हुँदा पुन र शर्मा उपमहासचिवमा थन्किँदै

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे स्थायी समिति बैठक बस्न लागेको हो ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । बैठकमा पदाधिकारी चयनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आजको बैठकले माओवादी पदाधिकारी टुंगो लगाउने छ । माओवादी स्थायी समिति बैठक शुक्रबार पनि बसेको थियो ।
माओवादको शुक्रबारको बैठकले पदाधिकारी २१ सदस्यीय बनाउने टुंगो लगाएको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।
त्यस्तै उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने माओवादीका एक स्थायी समिति सदस्यले इकागजलाई बताए । ति सदस्यका अनुसार आजको बैठकमा उपाध्यक्षको संख्या बढ्न सक्ने बताए । सचिव कसलाई बनाउने भन्नेबारे छलफल जारी रहेको ति नेताले बताए ।
वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दाबी गरिरहँदा उनीहरूलाई उपमहासचिव बनाउने प्रचण्डले अन्तिम तयारी गरेको खुमलटार स्रोतले जानकारी दियो ।
गत पुसमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारी छान्न सकेको छैन ।
प्रचण्डले तयार पारेका पदाधिकारीको सम्भावित सूची
अध्यक्ष- पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ उपाध्यक्ष- नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष- कृष्णबहादुर महरा
महासचिव- देव गुरुङ
उपमहासचिव- वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्ति बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेल

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया