शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

'डिजी पे' र स्टार अस्पतालबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौंँ - 'डिजी पे' प्रा.लि र स्टार हस्पिटलबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ ।  डिजी पे प्रा.लि.ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै  एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

यस सहकार्य  अन्तर्गत 'डिजी पे' ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत 'डिजी पे' मा आबद्ध  हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्यमा ८ सय २५ को  दुईवटा  १ हजार ६ सय ५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् साथै बेड तथा स्वास्थ्य  परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउनेछन्।  

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई  व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध  हुन पाउनुमा खुशी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष  बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।  

त्यस्तै 'डिजी पे' का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित  स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु  निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार 'डिजी पे' अहिले आफ्नै इकोसिस्टम  बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि  हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरि आफूसँग सम्बन्धित व्यवसायी  तथा ग्राहकलाई थप अफर तथा सुविधा दिने योजना रहेको बताए ।  

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र 'डिजी पे' का अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र 'डिजी पे' का  विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम