एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्न खोलेको बताएका छन् । नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद विघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको बताए ।
उनले ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमर्पण गर्न नसकेको पनि उनले दाबी गरे । उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहदैनौं थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको राजनीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौँ ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको बताए ।
कार्यक्रममा उनले पार्टीको उद्देश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए ।
केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टाचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलीय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।
उनले भने, ‘हामी यी व्यवहारमा रहँदैनौँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ । यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आदर्शप्रति समर्पित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’
कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर, नामअनुसार काम गर्न भने सक्नुपर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया