सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

नुहाउन मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु

फाइल फोटो

सप्तरी - सप्तरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका(११ लालपुरका लखन रामकी १६ वर्षीया छोरी कमला कुमारी राम रहेकी छिन् ।

नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  स्थानीयले बताएका छन् ।