कांग्रेसले सुरु गर्यो ‘जनताको साथमा काँग्रेस’ अभियान
भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा

काठमाडौँ - नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो । पहिलो चरणको अभियान भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए ।
अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता महत्तले आगामी निर्वाचनमा गठबन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताए ।
गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको उनले बताए । प्रवक्ता महत्तले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए ।
उनले यसअघिको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन र अहिले फिर्ता गर्दा पनि ठोस कारण दिन नसकेको तर्क गरे । कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने जनाएको छ भने निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया