यस्तो देखियो विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगर- विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भव्यताका साथ आयोजना गरिएको छ । विराटनगर-१ स्थित राधाकृष्ण मन्दिरबाट शनिबार अपरान्ह ३ बजे छोटो रूट बनाएर निकालिएको रथयात्रा मेनरोड हुँदै रोडषेश चोकबाट महेन्द्र चोक र बरगाछी पुर्याएर पुनः राधाकृष्ण मन्दिरमा गएर समापन गरिने छ ।
भिड महामारीले दुई वर्षदेखि रोकिएको रथयात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकाल्ने सहमति पश्चात छोटो तयारीमा रथयात्रा आयोजना गरिएको थियो । रथयात्रामा हजारौं भक्तजनहरूको सहभागिता देखिएको छ ।
वि.सं. १९८८ मा खट यात्राबाट सुरू भएर २०२४ सालदेखि विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष राधाकृष्ण रथयात्रा निकालिँदै आएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण झाँकीरहित खटयात्रा निकालिएको थियो । यस वर्षदेखि रथयात्रालाई नै निरन्तरता दिइएको हो ।
रथ तान्नका लागि नेपाल प्रहरीको तालिमरत महिला र पुरुष जवानहरू तथा आयोजक समितिले खटाएका स्वयंसेवकहरू परिचालन गरिएको छ । रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालु भक्तजनहरूलाई राधाकृष्ण रथ यात्राको लठ्ठा तान्ने र दर्शन गराउने व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । विराटनगरको राधाकृष्ण रथ यात्रालाई भारतको जगन्नाथपुरीको रथ यात्रापछि एशियाकै ठूलो रथयात्रा मानिँदै आएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया