अभिनेत्री ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौँ - अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । ऋचाले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन् । अवार्डको घोषणा हालसालै भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुनेछ । ऋचाले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताएकी छिन् ।
ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यो फिल्मका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।
साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ । त्यही रकम जुटाउन ऋचाको चरित्रले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय बनाएको छ । अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् । अभिनयसँगै निर्माणमा पनि सक्रिय ऋचा अभीनित तथा निर्मित ‘कौसीद’ प्रदर्शनको तयारीमा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया