शोकमग्न सानेपा [फोटो फिचर]

काठमाडौं - कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिएको हो ।
आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।
सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पताल पुगेर पनि नेताहरूले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।
अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थिव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरू जाने क्रम चलिरहेको छ ।
सानेपा र मेडिसिटी अस्पतालमा नेता गिरिप्रति श्रद्धाञ्जली दिन पुगेका नेताहरू

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया