‘स्टुडेन्ट अफ दि इयर’मा आलियाले कति पाएकी थिइन् पारिश्रमिक ?

मुम्बई - यो साल ठूला स्टार र ठूलो बजेटका फिल्म बक्स अफिसमा धरासायी हुँदा आलिया भट्ट मात्र यस्तो भाग्यमानी रहिन् जसको फिल्मले निर्माता बचायो । उनले अभिनय गरेको ‘गंगुबाई काठियावाडी’ यो वर्षको तेस्रो हिट फिल्म हो । नयाँ वर्ष लागेयता रिलिज भएका हिन्दी फिल्ममध्ये ‘गंगुबाई काठियावाडी’ बाहेक ‘काश्मिर फाइल्स’ र ‘भूलभूलैया’लाई स्पष्ट नाफा कमाउने फिल्म मानिएको छ ।
हलबाहेक ओटीटीमा पनि आलियाको सफलता लोभलाग्दो छ । केही दिनअघि मात्र नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘डार्लिङ’ले आलिया भट्टको चर्चा चुलीमा पुर्याएको छ भने प्रदर्शनको क्रममा रहेको ‘ब्रम्हास्त्र’लाई पनि प्रतीक्षित फिल्म मानिएको छ ।
अहिलेको समयमा सबैभन्दा भरपर्दो नायिका मानिएकी आलियाले अहिले फिल्म खेलेवापत ४–५ करोड पाउँछिन् । तर के पहिलो फिल्म ‘स्टुडेन्ट अफ दि इयर’मा उनले यस्तै पारिश्रमिक पाएकी थिइन् त ? आलियाका अनुसार पहिलो फिल्मबाट उनले जम्मा १५ लाख पारिश्रमिक पाएकी थिइन् ।
मिड डेमा कुरा गर्दै उनले बताएअनुसार करण जौहरले उनलाई पहिलो फिल्ममा अभिनय गरिदिएवापत १५ लाखको चेक दिएका थिए जुन चेक उनले आमा सोनी राजदानलाई जस्ताको तस्तै दिएकी थिइन् । आलियाले मिडडेसँगको कुराकानीमा अहिले पनि आफ्नो पैसाको कारोबार आमाले नै हेर्ने बताएकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया