सुपर न्यादीको विद्युत् गृह पुग्ने सुरुङ मार्गमा 'ब्रेक थ्रु'

लमजुङ - उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युत् गृह पुग्ने पहुँच सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ ।
अर्धभूमिगत विद्युत् गृह निर्माणका लागि आयोजनाले करिब चार सय मिटर सुरुङ मार्ग निर्माण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको छ ।
मर्स्याङ्दी गाउँपालिका- ६ डहरेमाथि निर्माण हुने ड्यामसाइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ । यो कार्य दुई महिनामा पूरा हुने आयोजनाले जनाएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै बन्नेछ । हेलिकप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने कार्यसमेत भइरहेको छ ।
आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार सात किलोमिटरको सुरुङमार्गमा काम भइरहेको छ । विद्युत् गृह पुग्ने पहुँचमार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी दुई वर्षभित्र (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री हुनेछ ।
हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न सात अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाा (७५ प्रतिशत) ऋण लगानी गर्नेछ ।
प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट (२३५.७६ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया