गठबन्धनलाई परास्त गर्नुको विकल्प छैन : उपाध्यक्ष पाण्डे

पोखरा- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गठबन्धनलाई परास्त गर्नुको विकल्प नरहेको बताएका छन् ।
प्रेस चौतारी कास्कीको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन मुलुकको हितमा नभएकाले अबको निर्वाचनमा परास्त गर्नुपर्ने बताएका हुन् ।
'राजनीतिक समस्याको समाधान लिएर नआई निर्वाचन घोषणा गर्दा बहुमतको सरकार हुने सम्भावना देखियो,’ उनले भने, ‘गठबन्धनलाई परास्त गर्नुको विकल्प छैन ।’ गठबन्धनले मुलुकलाई थप संकटतर्फ धकेल्ने उनको धारणा थियो ।
‘गठबन्धन मुलुकको हितमा गरेको हो कि के का लागि गरेको हो त्यो बुझ्न सकिएन । अहिलेको गठबन्धनले देशलाई थप संकटतर्फ लिएर जाने देखियो,’ उनले भने ।
एमाले अहिले अफ्ठेरोका बाबजुत पनि निर्वाचनको तयारीमा जुटेको बताउँदै उनले पार्टीभित्र भएको विभाजनको अवस्था र एक साथको गठबन्धनसँग चुनाव लड्न पर्ने स्थिति आएको धारणा राखे । आगामी निर्वाचनमा युवा र बालबालिका लक्षित गरेर घोषणापत्र पार्टीले बनाउने तयारी गरिरहेको उनले सुनाए । पाण्डेले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कारणले बनेको बताए ।

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

प्रतिक्रिया