सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

विभिन्‍न स्थानमा चार जना मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

काठमाडौँ- कास्की, अर्घाखाँची, बाँके र रसुवामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुछ्रे गाउँपालिका–६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । 

अर्घाखाँचीको सितगंगा नगरपालिका–११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ लग्धवा गाउँस्थित कच्चि बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ दोक्लाङस्थित जंगलमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।