६४ एमपीको ट्रिपल क्यामरासहित रियलमी ९ प्रो र सी ३० फोन बजारमा

काठमाडौँ - स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ प्रो र सी ३० फोन सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गर्दै दुई फोन सार्वजनिक गरेको हो ।सार्वजनिक कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले उत्कृष्ट विशेषता र ‘पावर प्याक्ड पर्फर्मेन्स’मा नेपाली उपभोक्ताले खोजेको मूल्यमा फोन उपलब्ध गराइएको बताए ।
एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० छ । यसमा रहेको फाइभजी प्रोसेसर मध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्नापड्रागन ६९५ का साथै १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ ।
६४ एमपीको ट्रिपल क्यामरा, १६ एमपीको वाइड एङ्गल सेल्फी क्यामरा रहेको फोनमा साइड माउन्टेड फिङ्गर प्रिन्ट सेन्सर छ । ५ हजार एमएएचको ब्याट्री भएको यो रियलमी ९ प्रोमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमता सहित उपलब्ध यसको मूल्य ३८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै रियलमी सी ३० हातमा समाउन पनि उत्तिकै सजिलो छ । यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्री छ । यो ब्याम्बू ग्रिन र लेक ब्लु रङमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मूल्य १४ हजार ४ सय ९९ रुपैयाँ छ भने ४/६४ को १९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भदौ ५ बाट उपलब्ध छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया