तिहारमा तीन दिन बैंक नखुल्ने

काठमाडौँ : तिहारमा तीन दिन बैंक नखुल्ने भएका छन् । वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि बैंकहरूले तीन दिन बन्द गर्ने निर्णय गरेका हुन् ।
वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ देखि मंसिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने जानकारी दिए ।
अहिले बैंकहरूले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएका छन् । तिहारमा पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको शर्माले बताए ।
संघले कोभिड संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गत वर्ष दशैँ तथा तिहारको बिदामासमेत सिमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गरेका थिए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया