सुदूरपश्चिमका पूर्वअर्थमन्त्री बोहरालाई कारबाही गर्न माओवादीको सिफारिस

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई कारबाही गर्न सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्वमन्त्री बोहरालाई कारबाहीका लागि सिफारिस गरेको हो । उनले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीका लागि सिफारिस गरिएको माओवादीका प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले जानकारी दिए ।
‘प्रदेश कमिटीले चैत २५ गते स्पष्टीकरण सोधेको थियो,’ उनले भने, ‘उनको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको हो ।’
उनका अनुसार बोहरालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने गरी कारवाही गर्न सिफारिस गरिएको हो । कारबाही स्वीकृत भएपछि उनको प्रदेश सभा सदस्य पद गुम्ने छ । बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि बोहराले गत पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया