अदालतमा सम्बन्ध जोड्नेभन्दा तोड्ने १७ गुणा बढी

मकवानपुर - जिल्ला अदालतले गर्ने कामहरू मध्येको एउटा हो 'कोर्ट म्यारीज' अर्थात् अदालती विवाद । काठमाडौँ कपन निवासी प्रसिद्धि खड्का र मकवानपुर बागमती गाउँपालिका-६ का रमेश लामाले गत माघमा दर्ताद्वारा विवाह गरे ।
अन्तरजातीय प्रेम सम्बन्धलाई स्वीकार नगर्ने छनक पाएपछि आफ्नो सम्बन्धलाई कानुनी रूप दिएर झन् कसिलो बनाएको रमेश बताउँछन् । “बाबाआमाले आफ्नो जातकोसँग माया गर्नु पर्थ्यो भन्न थाल्नुभयो, अनि हामी सुटुक्क कोर्ट म्यारीज गर्यौ,' प्रसिद्धिले भनिन् ।
कानुनतः विवाहको लागि तोकिएको बीस बर्ष उमेर पुरा भएका जोडीले अभिभावकविनै अदालतमा कोर्ट म्यारिज गर्न सक्छन् ।
दर्ताद्वारा विवाह गर्दा मुलुकी देवानी संहिता २०७४, र मुलुकी देवानी कायविधि संहिता २०७४ ले तोकेको कानुनी प्रकृया पुरा गरेको हुनु पर्दछ । जिल्ला अदालत मकवानपुरले आर्थिक बर्ष २०७७/०७८ मा यस्ता ५० जोडीको कानुनी विवाह गराएको तथ्यांक छ ।
तर अदालतको तथ्यांकअनुसार सम्बन्ध स्थापित गर्ने भन्दा सम्बन्ध तोड्नेहरूको संङ्ख्या १७ गुणा बढी छ । विभिन्न घटनाक्रम तथा आपसी बेमेलको कारण देखाउदै जिल्ला अदालत मकवानपुरबाट गत आर्थिक वर्षमा ८५९ जोडी सम्बन्ध विच्छेदको प्रक्रियामा छन् । यो सङ्ख्या अदालतको सेवा लिएर विवाह गर्नेको तुलनामा १७ गुणाभन्दा बढी हो ।
जिल्ला अदालत मकवानपुरको प्रमुख स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार ८५९ मध्ये ६७९ वटा फैसला भैसकेको छ । 'बाकी मुद्दा चालु आवमा फैसला हुनेछ,' भट्टराईले भने ।
सम्बन्ध विच्छेद गर्ने ९० प्रतिशतले अंशविना नै सम्बन्धविच्छेद गरेको उनले बताए । पछिल्लो समय सानो तिनो बेमेलमा नै बैवाहिक सम्बन्ध तोड्नेहरू बढेको पाइन्छ । 'निहु केही हुँदैन, स्वतन्त्र हुन चाहन्छु भन्दै डिभोर्सको लागि आउनुहुन्छ,' भट्टराइले भने ।
वैदेशिक रोजगारको कारण पारिवारिक सम्बन्ध कमजोर बन्दै आएको बढी मुद्दाहरू अदालत आउने गरेका छन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया