हुन्डाई नेपालको 'बी द चेन्ज' अभियान अन्तर्गत वृक्षरोपन सम्पन्न

काठमाडौँ - हुण्डाई नेपालले ‘बी (भी) द चेन्ज’ अभियान अन्तर्गत रातमाटे डाँडा, चुनीखेलमा वृक्षरोपण कार्यक्रम गरेको छ। रातमाटे डाँडा सामुदायिक वनको समन्वयमा २ सयबढी बिरुवा रोपिएको उक्त कार्यक्रममा विभिन्न उमेर समुहका करिब १ सय ५० जनाको सहभागिता रहेको थियो। कोना र आयोनिक फाइभ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म गएको थियो।
हुण्डाई नेपालको ‘बी (भी) द चेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप ल्याइएको हो। बी (भी) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बी (भी) द चेन्जले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
‘बी (भी) द चेन्ज’ अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षारोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ। त्यस्तै आगामी दिनमा पनि कम्पनीले ‘बी (भी) द चेन्ज’ अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ।
गएको वर्ष सेप्टेम्बरमा हुण्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।
हुण्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा 'गोल अफ द सेन्चुरी' नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलको विश्वव्यापी आकर्षण मार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया