शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

रुकुमको यमुनानन्द विद्यालयलाई एभरेष्ट बैंकको सहयोग

काठमाडौँ - एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्व  (सिएसआर) अन्तर्गत मुसिकोट सेरिगाउँ रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ।

यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बिच मुसिकोट सेरिगाउँ रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि रु ४ लाख ७९ हजार ९ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका  सिएसआर कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए ।

यसबाट विद्यालयको समस्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो। स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १ सय १८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको  छ।