धिरजसँग कुरा मिलेन, सुहानाका लागि नयाँ हिरो खोज्दै झरना थापा

काठमाडौँ - कृष्णाष्टमीको अवसर पारेर झरना थापाले नयाँ फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा गरिन् । टिजरसहित सार्वजनिक फिल्ममा पहिलेझैँ सुहाना थापा मुख्य भूमिकामा रहने टुंगो छ । तर शुक्रबार टिजर सार्वजनिक गर्दा निर्माण टिमले सुहानासँगै हिरो पनि सार्वजनिक गर्ने तयारी थियो तर ताकेको हिरोसँग कुरा नमिलेपछि निर्माण टिमले सुहानाको मात्रै दृश्य राखेर टिजर सार्वजनिक गरेको स्रोतको दाबी छ ।
अलि अगाडि नै यो फिल्मका लागि झरना थापा र सुनिलकुमार थापाले धिरज मगरलाई साइन गर्न लागेको चर्चा थियो । केही अनलाइनमा आएका समाचारअनुसार फिल्मका लागि धिरजसँगै दयाहाङ राई पनि अनुबन्ध भएको खबर आएका थिए । पछि निर्देशक झरना थापाले ती समाचारको खण्डन गरेकी थिइन् ।
अहिले भने निर्माण टिम र धिरजबीच पारिश्रमिकको कुरालाई लिएर सहकार्यको सम्भावना टरेको गाइँगुइँ छ । स्रोतका अनुसार धिरजले फिल्मका लागि महंगो रकम मागगरेपछि निर्माण टिम धिरज लिने मनस्थितिबाट पछि हटेको छ । धिरजलाई कुस्त रकम तिर्नुभन्दा नयाँ हिरो लिएर पब्लिसिटी गर्ने भन्दै निर्माण टिम नयाँ हिरोको खोजीमा लागेको स्रोत बताउँछ ।
‘ए मेरो हजुर २’बाट फिल्म निर्देशनको सुरुवात गरेकी झरना थापाले यही नामका तीन सिरिज निर्देशन गरिसकेकी छिन् । यो सिरिज छाडेर झरनाले नयाँ नाममा फिल्म निर्देशन गर्न लागेकी हुन् । यो फिल्म नयाँ वर्षको पहिलो दिन सार्वजनिक गर्ने उनको तयारी छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया