भुवन केसीको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ -चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा नरेश पौडेलसहित ५ जनाले हालेको मुद्दाको आज पनि छिनोफाने नहुने भएको छ । सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ ।
भुवन केसीको शैक्षिक योग्यतामाथि प्रश्न पठाउँदै निवेदकले मन्त्रिपरिष्दको निर्णयलाई विपक्षी बनाइ गत साउन ३० गते मुद्दा दर्ता गरेका थिए । अदालतले यसको तीन दिनपछि अर्थात् भदौ २ मा यसको पहिलो पेसी तोकेको थियो । सो दिन अदालतले अन्तरिम आदेश नदिने निर्णय गर्दै निर्णय समयका फाइल झिकाउने आदेश दिँदै आज सोमबारका लागि अर्को पेसी तोकेको थियो । तर आज अदालतले यो मुद्दालाई हेर्न नभ्याउने सूचीमा राखेको छ । आजको यो मुद्दा न्यायाधीश प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा चढेको थियो ।
सञ्चार मन्त्रालयले भुवन केसीलाई बोर्ड अध्यक्षको रुपमा नियुक्तिका लागि मापदण्ड घटाएको निवेदकहरूको जिकिर छ । बोर्ड अध्यक्षका लागि ब्याचलर पास गरेको हुनुपर्ने मापदण्ड मिचेर सोभन्दा कम योग्यता भएका भुवन केसीलाई नियुक्ति दिएको निवेदकले निवेदनमा उल्लेख गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालसालै मात्र बोर्ड अध्यक्षमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया