केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह
काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ ।
‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ ।
यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ । खडेरीले रोपेका धान पनि सुक्न थालेका छन् ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया