बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

गण्डकीमा कोभिड संक्रमित २ जनाको मृत्यु

फाइल तस्बिर

दमौली  : गण्डकी प्रदेशमा कोभिड सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको कोभिड सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा चैत २३ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । 

त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा नै मृत्यु भएको छ । उनलाई चैत २० गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।  रासस