बानेश्वरको अव्यवस्थित संरचना हटाएपछि बालेनले भनेः बिस्तारै सबै क्षेत्र पुगेर कारबाही गर्छौं

काठमाडौँ- पार्किङका लागि बनाइएका संरचनाहरू अन्य प्रयोजनमा प्रयोग गरिएकाले भत्काउनु परेको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरभित्र पार्किङको समस्या बढिरहेकाले उनले वास्तविक समस्याको पहिचान गर्नुपर्ने उल्लेख गरे ।
'सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ,' उनले भने,' पार्किङ व्यवस्थित हुनेछ । पार्किङको योजना बनाउन सहज हुन्छ ।'
महानगरले अन्डर ग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङका लागि नक्सा पास भए पनि प्रयोजनका लागि बनाइएका संरचना हटाउन थालिएको मेयर शाहले बताए । अन्य प्रयोजनका लागि प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु गरिसकेको उनको भनाइ छ ।
शाहले थपे,' आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । बिस्तारै सबैतिर महानगर पुग्नेछ ।'
महानगर प्रतिको जिम्मेवारीका लागि महानगरवासीलाई आफै सचेत बन्न उनले आग्रह गरे ।

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

प्रतिक्रिया