हेटौंडा उपमहानगरलाई बालमैत्री बनाउने कसरत सुरू

मकवानपुर- आगामी २०८० मंसिरसम्म हेटौंडा उपमहानगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी थालिएको छ ।
बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी स्वरुप विभिन्न समूहहरु गठन गर्ने र प्रतिवद्धता जनाउने कार्यक्रम सुरू भएको हो । हेटौंडा उपमहानगरपालिकालाई आगामी वर्ष २०८० मंसिरसम्म बालमैत्री घोषणा गर्ने निर्णय भएसँगै अभिमुखीकरण कार्यक्रमहरु पनि थालिएको उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बताइन् ।
लामाले उपमहानगरपालिकाको सबैभन्दा चुनौतीको रुपमा रहेको बालश्रम अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन् ।
बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरका प्रमुख लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई नगरका सम्पूर्ण वडाका अध्यक्षहरू, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखा, विषयगत संघसंस्था, विद्यालयका प्रधानाध्यापकहरू सम्मिलित समिति निर्माण गरिएको छ ।
समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले अब रफ्तारमा काम गरिने बताइन् ।

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

प्रतिक्रिया