चुनावमा हारजित भएपनि आन्दोलनमा हार्नु हुन्न : अध्यक्ष बिजुक्छें

भादगाउँ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उनले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए ।
उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए । उनले भने, `मुलुकको अहिलेको अवस्थामा नयाँनयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन ।`
बैठकमा उनले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण दिएका थिए । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रित गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उनले भने, “फाइदा–बेफाइदामा केन्द्रीत हुने कार्यकर्तामा जुझारूपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरूले पार्टीभित्र होस् या समाजमा संघर्ष गर्छन् ।”
वर्गीय तथा पेशागत संगठनका इञ्चार्जको उपस्थिति रहेको बैठकमा बिजुक्छेंले आत्म समीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिए । `कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ/छैन गतिविधिबाट थाहा हुुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्यांकन गर्नु आवश्यक छ`, उनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया