शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

माओवादी केन्द्रका चार प्रदेश सांसद बर्खास्त

जनकपुरधाम : नेकपा माओवादी केन्द्र परित्यागगरी एमालेमा प्रवेश गरेका प्रदेश-२ का चार जनाको सांसद पद खारेज भएको छ । माओवादी केन्द्र प्रदेश २ संसदीय दलले पद बर्खास्त गर्न गरेको सिफारिस पत्र प्रदेश सभामा सभामुखले पढेर सुनाएपछि चारै जनाको सांसद पद गएको हो । 

प्रदेश सभाका बैठकमा सभामुख सरोजकुमार यादवले सोमबारको बैठकमा माओवादी केन्द्र परित्याग गरेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा र मोहमद समिरले पार्टी परित्याग गरेकोसम्बन्धी पत्र प्रदेश सभामा पढेर सुनाएका थिए । 

चारै जनालाई माओवादी माओवादीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरण नदिएपछि माओवादी संसदीय दलले दल त्‍याग गरेको सूचना प्रदेश सभालाई दिएको थियो । बर्खास्त भएका चार जनामध्ये एक जना मोहमम्द समिर समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । अन्य तीन जना भने प्रत्यक्षबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।