विपक्षी दलले विराेध गरेपछि प्रदेश सभा बैठक चल्न सकेन

विराटनगर : प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सोमबारको प्रदेश सभा बैठक पनि चल्न सकेन । रातो किताबमा भएका योजनाहरु सुनिश्चितताको माग गर्दै केही दिनदेखि प्रमुख प्रतिपक्षी दलसहितले सदन अवरोध गर्दै आएका छन् ।
सदनको गतिरोध हटाउन आजै बिहान मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका थिए । त्यहाँ पनि सहमति जुट्न नसकेपछि आजको बैठक पनि अवरुद्ध हुन पुग्यो । गत माघ ७ गतेबाट प्रदेश–१ को सातौं हिउँदे अधिवेशन सुरु भएको थियो । तर नेकपा विवाद अनि सरकार ढाल्ने र गिराउने खेलमा प्रदेश सभा प्रभावित हुँदै आएको छ ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र बहुवर्षे विकास आयोजनाको काम अघि बढाउन विपक्षीले माग गर्दै आएका छन् ।
सोमबार उपसभामुख सरस्वती पोखरेलले बैठक सुरु गर्नासाथ विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । चालू आर्थिक वर्षको बजेट निकासाको सम्बन्धमा सरकारले जवाफ नदिउन्जेल सदन चल्न नदिने विपक्षीले अडान राख्दै आएका छन् । गत शुक्रबारको बैठक पनि कांग्रेस, माओवादी र जसपाका सांसदले अवरोध गरेका थिए ।
उपसभामुख पोखरेलले विपक्षी दल जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवलाई विपक्षीको तर्फबाट बोल्ने समय दिएकी थिइन् । उनले रातो किताबमा उल्लेखित योजना सुनिश्चित गर्न नसक्ने सरकारबाट के अपेक्षा गर्ने प्रश्न गर्दै भने, ‘सरकार कानमा तेल हालेर बसेको छ ।’

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया