प्रेस सल्लाहकार थापाद्वारा प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल दुरुपयोग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डल प्रेस सल्लाहकार सूर्य थापाले दुरुपयोग गरेका छन् । सल्लाहकार थापाले आफ्नो व्यक्तिगत ह्यान्डलबाट लेख्नु पर्ने ट्वीट प्रधानमन्त्रीको ह्यान्डलबाट लेखेका हुन् ।
प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल @kpsharmaoli बाट 'नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मात्रिका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुबै जना दग... ।' भन्ने पोस्ट भयो । त्यसको एकछिनमा हटाइएको थियो ।
यसअघि @PM_Nepal भन्ने प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल पनि सचिवालयबाट दुरुपयोग भएको थियो । भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्वीट @PM_Nepal ह्यान्डलबाट रिट्वीट भएको थियो ।
त्यसबेला प्रेस सल्लाहकार थापाले 'पासवर्ड दुरुपयोग भएको आशंका गरिएको' बताउँदै छानबिन गरिने बताएका थिए । अहिलेसम्म त्यो छानबिन भइ कसले गरेको भन्ने तथ्य बाहिर ल्याइएको छैन ।

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया