मकवानपुरका बिर्खेलाई 'युवा वर्ष मोती पुरस्कार'

मकवानपुर- मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशील बिर्खे अञ्जानलाई २०७९ सालको युवा वर्ष मोती पुरस्कार पाउने भएका छन् । उनले साहित्यमा गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार समर्पित गर्ने निर्णय गरिएको युवा सेवा कोषका सदस्य सचिव डा . बिष्णुबहादुर भण्डारीले बताए ।
अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना (कविता सङ्ग्रह २०७२) शल्यक्रिया (समालोचना सङ्ग्रह २०७२) कठघरामा देश (मुक्तक सङ्ग्रह २०७९), मकवानपुरका काव्य : अवलोकन र अध्ययन (समालोचना सङ्ग्रह २०७९) एकल कृति प्रकाशित छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सबल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुन् ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याए बापत यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ समर्पित गर्न लागिएको युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौँमा एक समारोहबीच प्रदान गरिनेछ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया