पल शाहको मुद्दामा पेसी तोकियोः तनहुँमा ८ गते, नवलपरासीमा १६ गते

तनहुँ- बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ।
नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेसी तोकेको हो ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेसी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ ।
गत ११ फागुनमा नाबालिकामाथि पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् ।
अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।
दुवै जिल्ला अदालतले पेसी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्दा लड्ने छन् वा थुनामा नै रहेर उक्त मुद्दा लड्ने छन्, त्यसको छिनोफानो अर्को साता हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया