मेयर बालेन शाहविरुद्ध उत्रे फुटपाथ व्यवसायी, रोजीरोटी खोसेको भन्दै नाराबाजी

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको छ । फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह विरुद्ध नाराबाजी गरेका हुन ।
फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।
सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।
महानगरका मेयर शाहविरुद्ध सम्भवतः पहिलोपटक नाराबाजी भएको हो ।

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

प्रतिक्रिया