`कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवा व्यवस्थित गर्न सरकारलाई निर्देशन`

काठमाडौँ - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालनका लागि प्रयाप्त ध्यान नपुर्याउँदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो ।
रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, मर्मत गर्ने वर्कशप, फ्युल सेन्टर स्थापना लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।
त्यस्तै विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताए । त्यस्तै बैठकले नेपालको सवै भन्दा पुरानो र राष्ट्रिय महत्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिने गरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न विधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताए । उनले समयमा नै गुणस्तरीय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पारे ।
त्यस्तै सांसदहरुले राष्ट्रिय महत्वको आयोजनाहरु निर्माणमा अस्वभाविक ढिलाई भइरहेको भन्दै गम्भीर बन्न सुझाव दिएका थिए ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया