कालीकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध
कालिकोट - कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको । आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नु परेको छ ।
दैलेखको आठबिस नगरपालिकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, 'विद्युत् सेवालाई सुचारु गर्न रुखले पुर्याएको क्षति र तारमा आएको समस्याले निकै कठिन भइरहेको छ ।' जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालीकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । विद्युत् सेवा अवरोध हुँदा सबैभन्दा बढी सामुदायिक रेडियोहरु मारमा परेको छ ।
सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण समयसमेत कटौती गर्नुपरेको रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज विष्टले बताए । 'वैकल्पिकरूपमा हामीले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका थियौँ । बर्साततका कारणले घाम नलाग्ने भएकाले त्यो माध्यममा समस्या आएको छ ।” उनले भने, “विद्युत् नहुँदा दैनिक १६ घण्टा प्रसारण हुने रेडियोलाई १० घण्टामा सीमित गरेका छौँ ।'
विद्युत् सेवा अवरुद्ध हुँदा बैकिङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन् ।
रासस

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया