बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

के महान खेलाडी बन्‍ने दौडबाट जोकोभिच छुटेका हुन ?

एक महिना अगाडी युएस ओपनको चौथौ चरणको खेल खेल्दै गर्दा नोभाक जोकोभिचलाई कुनै दिन यी सर्बियन पुरुषतर्फको सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्नेछन भन्ने अड्कल काटिँदै थियो । सर्वकालिन महान टेनिस खेलाडी बन्न दौडमा रहेका राफाएल नडाल र रोजर फेडेरर यूएस ओपनमा अनुपस्थित थिए । त्यसकारण अनुमान सजिलो थियो । उपाधि जोकोभिच कै हो ।

खेलमा अनुमान सधै कहाँ सफल हुन्छ र । एक महिनापछि जोकोभिच फ्रेन्च ओपनको फाइनलमा नडालसँग नराम्रोसँग पराजित भए । फेरि पनि फेडेरर र नडालसँग ग्रान्ड स्लाम उपाधि संख्यामा दुरी घटाउने मौका गुमाए । उनले हालसम्म १७ पटक ग्रान्ड स्लाम उपाधी जितेका छन् भने फेडेरर र नडालको नाममा बीस उपाधि छन् ।

जोकोभिचका लागि सायद फ्रेन्च ओपनको पराजय भन्दा युएस ओपनमा घटेको घटना ज्यादा पीडादायी होला । न्यूयोर्कमा खेल दौरान जोकोभिचले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि उनी प्रतियोगिताबाटै अयोग्य घोषित हुँदै बाहिरिन बाध्य भए ।

जोकोभिच युएस ओपन जित्ने उद्देश्यसहित अमेरिका पुगेका थिए । यस अघि उनले सो प्रतियोगिता तीन पटक जितिसकेका छन् । यता फ्रेन्च ओपनमा पनि उनले नडाललाई हराउँदै स्पेनिस खेलाडीसँग ग्रान्डस्लाम जितेको सङख्यामा बराबरी गर्ने अनुमान थियो । तर ती सबै अनुमान खेर गयो । बरु नयाँ प्रश्न खडा भयो । ३३ वर्षीय जोकोभिच नडाल र फेडेरर भन्दा धेरै पछी परेका हुन ?

आधुनिक टेनिसका लागि जोकोभिचको शैली र शारिरिक बनावट मिल्दो छ । त्यसकारण उनको करियर अरुको भन्दा लामो हुनसक्छ । तर यहाँ मुख्य प्रश्न भनेको उनी मानसिक रुपमा तयार छन छैनन् भन्ने हो । त्यसकारण उनले अस्ट्रेलियन ओपनमा कस्तो प्रदर्शन गर्छन् भनेर हेर्न म आतुर छु । ’

विश्व पुरुष टेनिसमा फेडेररले थप उपाधि जित्ने सम्भावना कम हुँदै गएको छ । तर ३४ वर्षीय नडाल फ्रेन्च ओपनको सफलतापछि झन बलियो देखिएका छन् । यसैबीच फेडेररसँग ग्रान्डस्लाम उपाधि संख्यामा बराबरी गरेपछि नडाललाई कस्तो अनुभुति भयो त ? ‘म उत्साहित छु । हामी लामो समयदेखि यो खेलमा प्रतिद्वन्द्वी रहिआएका छौं । अब त हाम्रो रेकर्ड पनि बराबर छ । हेरौं अब खेल्दै जाँदा भविष्यमा के हुन्छ,’ फ्रेन्च ओपनको उपाधि जितेपछि नडालले पत्रकारहरुसँग भने ।

तर जोकोभिचले नाडल र फेडेररलाई पछ्याउन भने छाड्ने छैनन् । यदि हामी सन् २००९ तिर फर्किने हो भने जोकोभिचको नाममा मूख्य उपाधि एउटा मात्र थियो । त्यतिबेला फेडेररले १५ उपाधि जितिसकेका थिए भने नाडलले छ वटा । तर त्यसपश्चात जोकोभिचले नडाल र फेडेररलाई बलियो चुनौती दिँदै सबैभन्दा धेरै ग्रान्डस्लाम जिते ।

सात पटकका ग्रान्डस्लाम बिजेता माट्स विलन्डर जोकोभिचसँग अझै पनि ग्रान्डस्लाम उपाधि थप्ने क्षमता रहेको मान्छन् । तर टेनिसको सर्वकालिन महान खेलाडी बन्ने सम्भावना भने नडाल कै बलियो रहेको उनको भनाई छ । ‘फ्रेन्च ओपनको फाइनल खेल हेरिसकेपछि नाडलको सर्वकालिन महान खेलाडी बन्ने सपना थप बलियो हुँदै गएको अनुभुती हुन्छ । हो युएस ओपनबाट बाहिरनु र फ्रेन्च ओपनमा पराजित हुनुले पक्कै पनि जोकोभिचलाई गहिरो चोट पुर्‍याए कै छ,’ विलन्डरले भने, ‘तर उनीसँग अझै पनि मौका छ । अस्ट्रेलियन ओपनमा उनको दाबेदारिता बलियो नै हुनेछ । र यदी उनले अर्को वर्ष तीन ग्रान्डस्लाम उपाधि आफ्ना नाममा थपे भने उनी सर्वकालिन महान खेलाडी बन्ने बाटो मै हुनेछन । ’

‘आधुनिक टेनिसका लागि जोकोभिचको शैली र शारिरीक बनावट मिल्दो छ । त्यसकारण उनको करियर अरुको भन्दा लामो हुनसक्छ । तर यहाँ मुख्य प्रश्न भनेको उनी मानसिक रुपमा तयार छन/छैनन् भन्ने हो । त्यसकारण उनले अस्ट्रेलियन ओपनमा कस्तो प्रदर्शन गर्छन् भनेर हेर्न म आतुर छु,’ विलन्डरले भने ।

यसपटक चेल्सीले आफूले जुन खेलाडीमा आँखा लगायो त्यही खेलाडी अनुबन्धन गर्न सफल रह्यो । सायद अब्रामोभिचले भनेको हुनुपर्छ 'यसपटक हामी दोस्रो रोजाईका खेलाडीहरुमा चित्त बुझाउने छैनौं ।' त्यसो त चेल्सीले खेलाडी खरिदमा सदा जस्तो अन्य प्रतिद्वन्द्वी क्लबबाट प्रतिस्पर्धाको सामना गर्नुपरेन ।

रियललाई यसपटक खेलाडी बेच्नैपर्ने दवाब थियो । फूटबलको खेलाडी बजारमा एउटा क्लबको बाध्यताको फाइदा अर्को क्लबले उठाउने नै हो । रियलको बाध्यतालाई टोटनह्याम र इन्टर मिलानले उपयोग गरे । मेस्सीले आगामी ‘समर ट्रान्सफर विन्डो’ मा बार्सिलोना छाड्न आउँदो जनवरीमै अर्को क्लबसँग सम्झौता गर्न सक्नेछन् । म्यानचेस्टर र पेरिसमा रहेका क्लबहरुले मेस्सीको बार्सिलोनासँगको सम्बन्धलाई नजिकबाट नियालिरहेका छन् । तर मेस्सीको नयाँ कथा त्यति सजिलै कोरिने वाला छैन । (रोयटर्स)