दोस्रो टी-ट्वान्टीमा क्रिकेटमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ : पाकिस्तानसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य १४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएपछि दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको हो । जितसँगै चार खेलको सिरिज दक्षिण अफ्रिकाले एक–एकको बराबरीमा ल्याएको छ ।
अफ्रिकालाई जिताउन एडेन मरक्रमले ५४ रनको योगदान दिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । उसका लागि कप्तान बाबर अजामले ५० रन बनाए ।
यसअघि पहिलो टी–ट्वान्टीमा पाकिस्तान विजयी भएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया