ओलीले वर्तमान अवस्था समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनाेटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने लगायतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै संगठित सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगायतका एजेण्डा समेत तय भएको उनले बताए ।
बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो भने १५ जना पोलिटब्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए । गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपाती सहभागितालाई आधार बनाएर उम्मेदवारको मापदण्ड तय गरिने जानकारी दिए ।
मापदण्डलाई अन्तिम रुप केन्द्रीय कमिटीले दिने उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया