कुशे औंसीमा बुबालाई उपहार दिनुहोस् भिभोका यी स्मार्टफोन

काठमाडौँ- हामीलाई रोचक कथाहरू सुनाउनदेखि लिएर जीवनमा सबैभन्दा उपयोगी र अमूल्य पाठहरू सिकाउन आफ्ना बुबाको निकै ठूलो भूमिका रहेको हुन्छ । हामीले पहिलो पाइला बुबाको हात समाएर चालेका थियौं र जीवनको हरेक साना–ठुला तथा नयाँ अध्यायमा बुबाले नै साहारा र हौसला दिनुभयो । हाम्रो धेरै रोइ कराइ र बिन्ती पछि हामीले बोकेको त्यो पहिलो फोन पनि बुबाले नै किनिदिनु भएको हो । तपाईंको जीवनमा विशेष महत्व राख्ने बुबाका लागि यो कुशे औँसी विशेष र स्मरणीय बनाउने होइन त? उहाँको मुहारमा खुशी ल्याउन भिभोका फोनहरूले उपहार स्वरुप बुबालाई दिन सक्नुहुन्छ ।
भिभो एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड हो जसले नेपालमा सुलभ मुल्यमा अतुलनीय विशेषताका स्मार्टफोनहरूमार्फत प्रयोगकर्ताको मन जित्दै आइरहेको छ । वाई शृङ्खला अन्तर्गत, भिभोको शक्तिशाली प्रदर्शन र उत्कृष्ट सुविधाहरू भएका उत्कृष्ट उपकरणहरू छन् जुन तपाईंको बुबाका लागि उत्तम उपहारहरू हुन सक्छ । यो बुबाको मुख हेर्ने दिनलाई यादगार बनाउन तपाईका लागि निम्न स्मार्टफोनहरू उपयुक्त हुनसक्छन् ।
१. भिभो वाई २०
भिभो वाई २० ले शानदार डिजाइन र उत्कृष्ट क्यामेरा विशेषताहरूको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । यसमा ५००० एमएएच सुपर क्षमताको ब्याट्री छ जसलाई १० वाट फास्ट चार्ज टेक्नोलोजीले स्मार्टफोनलाई लामो समयसम्म निर्धक्क चलाउन सक्षम बनाउँछ । साथै, ४ जीबी र्याम र ६४ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ । वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी ब्याक क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ जुन तपाईंको बुबाको लागि तस्बिरहरू शेयर गर्न उत्कृष्ट उपकरण हो । यसमा आई प्रोटेक्सन मोड पनि छ जसले तपाईंको बुबाको आँखालाई सुरक्षित राख्छ र उहाँले स्मुद भ्यूइंग अनुभवको आनन्द लिन सक्नुहुन्छ । यो स्मार्टफोन केवल रु २० हजार ९ सय ९९ मा देशभर उपलब्ध छ ।
२. भिभो वाई१५सी
भिभो वाई१५सी एक स्टाइलिश र शक्तिशाली स्मार्टफोन हो जसमा १३ एमपी एआई डुअल क्यामेरा छ । साथै, सुक्ष्म विवरणहरूका लागि २ एमपी सुपर म्याक्रो क्यामेरा छ जसले ४ सेमी फोकस प्रदान गर्दछ । यसमा ६.५१ इन्च हलो फुलभ्यू डिस्प्ले छ जसमा आई प्रोटेक्सन मोडले रोमाञ्चक भ्यूइंग अनुभव प्रदान गर्दछ । वाई १५ सी ३जीबी र्याम र ३२ जीबी रोमको साथ आँउछ । यसमा दिनभर टिक्ने ५००० एमएएचको विशाल ब्याट्री छ जुन तपाईंको बुबाले चार्ज सक्किने चिन्ता लिनु पर्दैन र उहाँ जहाँ जानुहुन्छ त्यहाँ ढुक्क भएर फोन लग्न सक्नुहुन्छ । यसमा भएको साइड–माउन्ट फिंगरप्रिन्ट स्क्यानरले फोनलाई अनलक गर्न धेरै सहज बनाउँछ । हाल, वाई१५सी को मुल्य रु.१७ हजार ९ सय ९९ रहेको छ ।
३. भिभो वाई२१
शक्तिशाली ब्याट्री, उत्कृष्ट डिजाइन र मेमोरी भएको सुलभ मूल्यका उपकरण खोज्ने प्रयोगकर्ताहरूलाई वाई २१ उपयुक्त स्मार्टफोन हुनसक्छ । यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । यसको ८.००एमएम सुपर स्लिम बडीले वाई २१ लाई हल्का तौल र आकर्षक बनाउँछ । यसमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट उत्कृष्ट फोटो खिच्न सकिन्छ । यो ४जीबी र्याम र ८जीबी रोममा उपलब्ध छ र यसको मुल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ ।
तपाईं निश्चित हुन सक्नुहुन्छ कि भिभोसंग बुबाको मुख हेर्ने दिन विशेष बनाउन सुलभ मूल्यमा धेरै विकल्पहरू उपलब्ध छन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया