वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध संघर्ष गर्ने भएको छ ।
दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए ।
वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण नागरिक राज्यविहीन बन्नुपर्ने अवस्थाको अन्त्यका साथै अतिक्रमित नेपाली भूमि रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजना गरिने उनले बताए । १६ देखि २६ वर्षसम्मको युवालाई वाइसिएलमा आबद्ध गर्न तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।
कार्यक्रममा दोस्रो राष्ट्रिय भेलाबाट नवनिर्वाचित अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्ष गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पालगायत पदाधिकारीले पदभार ग्रहण गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया