सुवेदीको खातामा भेटियो भीम रावलले ‘गायब पारेको’ ३० लाख रुपैयाँ

धनगढी : तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको खाताबाट गायब पारिएको ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरिएको खुलेको छ । पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम पार्टीका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो ।
३० लाख रकम गायब पारिएको भन्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले कृषि विकास बैङ्कलाई पत्र पठाउँदै खातामा रहेको रकमबारे लिखित जवाफ मागेका थिए । सोही पत्रका आधारमा बैङ्कले चैत्र २९ गते पत्र पठाउँदै पार्टीको खाताबाट ३० लाख रकम सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरिएको जानकारी दिएको हो ।
उक्त विवाद अगाडि तत्कालिन नेकपाको खातामा ३८ लाख रकम थियो भने पार्टी प्रदेश अध्यक्ष कर्ण थापा, सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने थियो । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पक्ष र दाहाल–नेपाल समूहबीच विवाद बढेपछि पुस १३ गते भीम रावलको निर्देशनमा पार्टीका प्रदेश सचिव चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले पार्टीको खातामा रहेको ३० लाख रकम झिकेको आरोप लागेको थियो ।
तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष थापाले इञ्चार्ज रावलले नै ३० लाख गायब पारेको आरोप लगाएका थिए । ‘नेकपालाई विभाजन गर्न १९ पृष्ठको लिखत तयार पार्न मुख्य भूमिका खेलेका रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ,’ थापाले सामाजिक सन्जाल फेसबुकमा लेखेका थिए ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया