सल्यानमा अटो दुर्घटना, चार जना घाइते

सल्यान- सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरबाट श्रीनगर आउँदै गरेको रा१ह ५४४५ नम्बरको अटो राप्ती राजमार्गको भुमेश्वर ज्युलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिवेणी गाउँपालिका-३ का ४५ वर्षीय कमानसिंह जिएम, त्रिवेणी ६ का ६५ वर्षीय बिक्रम खड्का, उनकी श्रीमती ५५ वर्षीया सुन्दरी खड्का र शारदा नगरपालिका १३ की १८ वर्षीया दीपा सुनार रहेका छन् ।
गुडिरहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते सबैको शारदा नगरपालिका-१ श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार गरिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया