दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

काठमाडौँ - नेपाली जन प्रगतिशील मञ्चको आयोजनामा युनाइटेड अरब इमिरेट्सको सहर दुबईमा भव्य 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक जानकारी दिएको छ ।
नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइने पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पुर्ण चेलीहरूलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाली जन प्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए । सेप्टेम्बर ४ तारिख आइतबारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने उनले जानकारी दिए ।
कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ । प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन दिन तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जन प्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा युएईका विभिन्न राज्यबाट एकहजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए ।
कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जन गायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाइस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तीज विशेष कार्यक्रमका संयोजक नबिन दोङ्ले जानकारी दिए । नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने दोङ्ले बताए। कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको र अहिले टिकट बिक्रि, कार्यक्रम व्यवस्थापन लगायतका काम भइरहेको उनले बताए ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

प्रतिक्रिया