गठबन्धनको विकल्प फलदायी छैन : प्रचण्ड

बुटवल- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनको विकल्प फलदायी नहुने बताएका छन् । उनले फेरि एक पटक मजबुत गठबन्धन गरेरै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै यस्ताे बताएका हुन् ।
कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि त्यति बढी सुखद नभए पनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने उल्लेख गरे । गठबन्धन र तालमेल भनेजस्तो भएन तर पनि गठबन्धन र सरकार मिलेर स्थानीय तहको निर्वाचन सफल पारेर र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोस्रो निर्वाचनको तयारी गरेको भन्दै यसलाई ठूलो सफलता मान्न प्रचण्डले आग्रह गरे ।
उनले स्थानीय तह निर्वाचनमा भएको परिणामलाई लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो गर्ने दाबी गरे । यसअघि प्रचण्डले लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण मन्तव्य दिएका थिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया