दोर्दी गाउँपालिका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ- लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत सैइद हैदर साहबीच भेटवार्ता भएको छ ।
गाउँपालिका अध्यक्ष अधिकारी केही दिनअघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् ।
गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ ।
सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत हैदर साहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए ।
पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ ।
उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदूत हैदर साहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।
राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया