सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर

मकवानपुर- खोलाले बगाउँदा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाकी एक बालिकाको मृत्यु भएको छ ।

राक्सिराङ ३ का भुवन सिंह घलानकी ३ वर्षीया छोरी भूमिका घलान गोठारीमा मृत फेला परेकी हुन् । बालिकालाई खोलाले बगाई मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।